Like us!
Follow us!

हाइड्रोमा ओइरिए लगानीकर्ता : सोमबार यी हाइड्रोका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो त ?

हाइड्रोमा ओइरिए लगानीकर्ता : सोमबार यी हाइड्रोका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो त ?

लगानी खबर, काठमाडौं - साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रा जारी नै छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.०७ अंकले घटेर  २३८९.१९ मा पुगेको छ । नेप्से ०.७५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०७ अंकले घटेर ४३०.०५ मा पुगेको छ ।

यसैगरी, घट्दाे बजारमा पनि हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण भने बढ्दाे छ । साेमबार पनि सर्वाधिक कमाउने १० कम्पनीहरूमा ७ वटा हाइड्राेपावर परेका छन् ।

त्यसैगरी, साेमबार घटेको बजारमा क्रमश: चन्द्रागिरि हिल्स लिमिटेड, घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेड,  पञ्चकन्या माई हाइड्राेपावर कम्पनी लिमिटेड, आँखुखाेला जलविद्युत कम्पनी लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड, युनियन हाइड्राेपावर कम्पनी लिमिटेड, जाेशी हाइड्राेपावर कम्पनी लिमिटेड, हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेड र सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् । 

604f2866a69a2.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।