Like us!
Follow us!

रिलायन्स लाइफको ‘आइपिओ’मा पहिलो दिन ५५ हजारले दिए आवेदन

रिलायन्स लाइफको  ‘आइपिओ’मा पहिलो दिन ५५ हजारले दिए आवेदन

लगानीखबर, काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेको आज पहिलो दिन रहेको छ ।

पहिलो दिन बेलुका ४;३० सम्ममा ५५ हजार २ सय ८४ जना आवेदकले २७ लाख ३० हजार १ सय ३० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले ६३ करोड रूपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो। 

कम्पनीले ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको हो।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।