लगानी खबर, काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
संस्थाले संस्थापक समूहको २५ हजार कित्ता सेयर भोलि चैत ३ गतेदेखि लिलामी प्रकृयाबाट बिक्री गर्न लागेको हो । लगानीकर्ताले उक्त सेयरमा बैशाख ६ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।