लगानी खबर, काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश आफ्नो सेयरधनीहरुको खातामा जम्मा गर्न थालेको छ । संस्थाले आज चैत २ गते सोमबारबाट उक्त लाभांश सेयरधनीको खातामा जम्मा गर्न थालेको हो ।
संस्थाले फागुन २१ गते सम्पन्न साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट ६.५८ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा जम्मा गरेको हो ।
आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउनपनि संस्थाले आग्रह गरेको छ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।