Like us!
Follow us!

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र २ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

१. महालक्ष्मी विकास बैंक लिमिटेड

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि चैत्र ३ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आज (चैत्र २ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंककाे वार्षिक साधारण सभा  चैत्र १३ गते, शुक्रबार बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गारी कुल ९.२६ प्रतिशत लाभांश पारित गर्नेछ।

२. नेपाल हाइड्रो डेभलोपर लिमिटेड

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि चैत्र ३ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आज (चैत्र २ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेपाल हाइड्रो डेभलोपर लिमिटेडकाे १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारण सभा चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौंमा दिउँसो ३ बजे virtual(Zoom App)  मार्फत सुरु हुनेछ ।  सभामा कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।