लगानी खबर, काठमाडौं - पछिल्लाे समय नेपालमा साधारण सेयर (आईपीओ) प्रति सर्वसाधारणहरूकाे क्रेज बढ्दै गइरहेकाे छ । कुनैपनी कम्पनीले आईपीओ निष्कासन गर्दा लगानीकर्ताहरू झुम्मिने गरेका छन् । दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले आईपीओप्रति लगानीकर्ताहरूकाे आकर्षण बढिरहेको अनुमान लगाउन सकिन्छ । आईपीओमा आवेदन दिँदा आवश्यक पर्ने कुराहरूमध्ये एक हाे सी-आस्वा । आज हामी यहाँ साेही सी-आस्वाकाे कुरा गर्न गइरहेका छाैँ ।
आजकाल प्रविधिकाे युगमा अधिकांश लगानीकर्ताहरूले अनलाइन अर्थात् मेराे सेयरबाट आईपीओ भरिरहेका हुन्छन् । आईपीओ भर्ने सजिलाे माध्यम भनेकाे मेरो सेयर हाे । मेरो सेयरबाट आईपीओ आवेदन दिन सकिन्छ र त्यसकाे शुल्कहरूकाे काम भने बैंकमार्फत् हुने गर्दछ । सिआस्वाले मेराे सेयर र बैंक खातालाई जाेड्ने काम गर्दछ ।
सिआस्वा सेवा बापत बैंकहरूले लिने गरेका शुल्कमा भने लगानीकर्ताहरूको गुनासो रहेको छ । लगानीकर्ताहरूले साधारण सेयर (आईपीओ) भर्दा कतिपय बैंकहरूले निशुल्क सेवा दिइरहँदा कतिपय बैंकहरूले भने सी-आस्वाकाे नाममा मनपरी शुल्क लिइरहेका हुन्छन् ।
हालसम्म नेपालमा नेपाल धिताेपत्र बाेर्डबाट ५२ वटा बैंक तथा वित्तिय संस्थाहरुले सि-आस्वा अनुमति प्राप्त गरेका छन् । जसमध्ये, यहाँ हामीले वाणिज्य बैंकहरूकाे सि-आस्वा शुल्ककाे बारेमा मात्र कुरा गर्नेछाैँ । कतिपय बैंकहरूले नि:शुल्क सेवा दिइरहँदा कुनै बैंकहरूले भने एक सय रूपैयाँसम्म लिनु जायज देखिँदैन ।
२७ वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा वाणिज्य बैंकहरूले निशुल्क सेवा दिइरहँदा १२ वटा वाणिज्य बैंकहरूले भने सी-आस्वाकाे शुल्क लिने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडले एक पटक साधारण सेयर (आईपीओ) भर्दा एक सय रूपैयाँ लिने गरेकाे छ र शुल्क लिनेमा सबैभन्दा कम प्रभु बैंक लिमिटेडले एक रूपैयाँ लिने गरेकाे छ ।
शुल्क लिने १२ वटा वाणिज्य बैंकहरू यस प्रकारका छन् :
१. स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेड = १०० रूपैयाँ
२. लक्ष्मी बैंक लिमिटेड = २५ रूपैयाँ
३. नेपाल बैंक लिमिटेड = २५ रूपैयाँ
४. नेपाल एसबिआइ बैंक लिमिटेड = २५ रूपैयाँ
५. सनराइज बैंक लिमिटेड = १० रूपैयाँ
६. सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेड = २० रूपैयाँ
७. एभरेष्ट बैंक लिमिटेड = २० रूपैयाँ
८. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड = २० रूपैयाँ
९. एनएमबि बैंक लिमिटेड = २० रूपैयाँ
१०. कृषि विकास बैंक लिमिटेड = १० रूपैयाँ
११. कुमारी बैंक लिमिटेड = १० रूपैयाँ
१२. प्रभु बैंक लिमिटेड = एक रूपैयाँ
निशुल्क सेवा दिने १५ वटा वाणिज्य बैंकहरू यस प्रकारका छन् :
१. बैंक अफ काठमान्डु लिमिटेड (नि:शुल्क)
२. सिभिल बैंक लिमिटेड (नि:शुल्क)
३. ग्लोबल आइएमई बैंक लिमिटेड (नि:शुल्क)
४. हिमालयन बैंक लिमिटेड (नि:शुल्क)
५. माछापुच्छ्रे बैंक लिमिटेड (नि:शुल्क)
६. मेगा बैंक नेपाल लिमिटेड (नि:शुल्क)
७. नबिल बैंक लिमिटेड (नि:शुल्क)
८. नेपाल बङ्गलादेश बैंक लिमिटेड (नि:शुल्क)
९. एनसीसी बैंक (नि:शुल्क)
१०. एनआईसी एशिया बैंक लिमिटेड (नि:शुल्क)
११. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (नि:शुल्क)
१२. सानिमा बैंक लिमिटेड (नि:शुल्क)
१३. सिद्धार्थ बैंक लिमिटेड (नि:शुल्क)
१४. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (नि:शुल्क)
१५. प्राइम कमर्सियल बैंक लिमिटेड (नि:शुल्क)