Like us!
Follow us!

आज यी दश कम्पनीका लगानीकर्ता भए निराश

आज यी दश कम्पनीका लगानीकर्ता भए निराश

लगानी खबर, काठमाडौं - पछिल्लो केहि दिनयता सेयर बजारले  निरन्तर ओरालो यात्रा तय गरिरहेको छ । साताको पहिलो दिन आज (आइतबार) पनि ओरालो यात्रा तय गरेको  छ । आइतबार सेयर बजारमा भारी गिरावट आएको हो । आइतबार कारोबार रकममा पनि गिरावट आएको हो । 

आज सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा पुगेको छ । नेप्से २.०८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १०.१० अंकले घटेर ४३५.१३ मा पुगेको छ ।

राताम्मै बजारमा आज हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने क्रमश: नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, नेपाल दुरसञ्चार लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेण्ट बैंक लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडका लगानीकर्ताले सर्वाधीक गुमाएका छन् । 

604de0c65b70a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।