Like us!
Follow us!

सेञ्चुरी बैंकद्वारा सेवाग्राहीको लागि अत्यन्तै जरूरी सूचना

सेञ्चुरी बैंकद्वारा सेवाग्राहीको लागि अत्यन्तै जरूरी सूचना

लगानीखबर, काठमाडौं–   सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७६/०७७ भित्र डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था भएकाले उक्त शुल्क बुझाउन आग्रह गरिएको हो ।

हितग्राहीहरुले सेञ्चुरी कमर्सियल बैंकको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरूमा सम्पर्क राखी भुक्तानी गर्न सक्नेछन् । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने पनि सूचनामा उल्लेख छ ।

मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।