Like us!
Follow us!

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको फागुन २८ गते बसेको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत २८ गते, शनिबार बस्दैछ ।

सभामा संचालक समितिको बैठकले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई  ३.८० प्रतिशत बोनस सेयर र  ०.२० नगद (कर प्रयाेजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

बैंकले साधारणसभा प्रयोजन तथा लाभांश वितरणको लागि चैत १७ गते बुकक्लोज गर्दैछ । त्यसैले चैत १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

604db7391fba7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।