Like us!
Follow us!

लाभांश पारित गर्न महुली लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न महुली लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको फागुन २९ गते शनिबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको आठौं वार्षिक सभा चैत्र २५ गते बुधबार संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा प्रिमियममा एफपिओ सेयर निष्काशन गर्ने सम्बन्धमा छलफल हुनेछ  । त्यस्तै सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्नेछ  ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित साविक महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६,०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उअपर छलफल गरी पारित गरिनेछ यसका साथै लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि पनि छलफल हुनेछ  ।

संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि चैत १० गते बुकक्लोज गर्दैछ  । त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्  ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

604d9a8537faf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।