Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । सिर्जना फाइनान्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे ।

१. महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे १० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार एक सय ४५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले अन्तिम कारोबार मूल्य एक हजार २ सय ५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

604d65b9b17d0.jpg

२. सिर्जना फाइनान्स कम्पनी लिमिटेड

फाइनान्सकाे १३.५९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १८५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले अन्तिम कारोबार मूल्य २१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

604d65b2a5a49.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।