Like us!
Follow us!

गणपति लघुवित्तको १५ प्रतिशत लाभांश पारित

गणपति लघुवित्तको १५ प्रतिशत लाभांश पारित

लगानी खबर, काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकाे  चाैँथाे वार्षिक साधारण सभा ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा आज सम्पन्न भएको हो ।

सभाले संचालक समितिले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ  ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरूमाथि छलफल गरी पारित गरेको छ  । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।