लगानी खबर, काठमाडौं - हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच मर्जरको तयारी अन्तिम चरणमा पुगेको छ । प्रारम्भिक रुपमा सम्पती तथा दायित्वको मूल्यांकन (डिडिए) सम्पन्न भएको छ । प्रारम्भिक डिडिए रिपोर्टबारे दुवै पक्ष सकारात्मक देखिएका छन् । डिडिएले पूर्णता पाएपछि मर्जका लागि सम्झौता (एमओयु) हुनेछ ।
इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले दुवै पक्ष मर्जका लागि सकारात्मक रहेको जानकारी दिए । ‘मर्जका लागि अहिलेसम्म जति पनि प्रारम्भिक कामहरू भइरहेका छन्, सकारात्मक दिशामा गइरहेको छ, ‘पाण्डेले भने, ‘केही दिनपछि तपाईंहरूले राम्रो समाचार पाउनुहुनेछ।’
मर्जपछिको हिमालयनरइन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ । दुवै बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण समायोजन गर्दा चुक्ता पुँजी करिब २५ अर्ब हुनेछ, जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबभन्दा उच्च हो । त्यस्तै कर्जा प्रवाह साढे दुई खर्ब हुनेछ भने निक्षेप संकलन तीन खर्ब बराबरको हुन्छ। जगेडा कोषको आकार १६ अर्ब २६ करोड पुग्छ ।
हिमालयन बैंकमा छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर स्वामित्व छ । छायामा इन्भेष्टमेन्टका अध्यक्ष पाण्डेको पारिवारिक लगानी छ । सो बैंकमा आभा इन्टरनेसनलको ११.३८ प्रतिशत स्वामित्व छ ।
मर्जबाट दीर्घकालीन रूपमा बैंक बलियो हुने, लागत घट्ने, सेयर धनीलाई सुहाउँदो प्रतिफल, ग्राहकलाई द्रुत राम्रो सेवा पुग्ने भएकाले राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्ने इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्बीबाहादुर पाण्डेले बताए ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।