लगानी खबर, काठमाडौं – साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन २८ गते, शुक्रबार) बाट सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।
संस्थाले २०७२ साल मंसिर २५ गतेदेखि २०७२ साल पाैष ३० गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहकाे ३ हजार ३ सय ६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आज (फागुन २८ गते, शुक्रबार) बाट चैत्र १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रतिकित्ता मूल्य कति ?
उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौँ, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।