Like us!
Follow us!

दोर्दी खोला जलविद्युतको आईपीओलाई रेटिङ कति ?

दोर्दी खोला जलविद्युतको आईपीओलाई रेटिङ कति ?

लगानी खबर, काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।

कम्पनीकाे माघ ९ गते, शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न भएकाे वार्षिक साधारण सभाले सर्वसाधारणको लागि सेयर निष्कासन (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।