Like us!
Follow us!

बोन्ड निष्कासन गर्न ज्योति विकास बैंक पुग्यो बोर्डको ढोकामा

बोन्ड निष्कासन गर्न ज्योति विकास बैंक पुग्यो बोर्डको ढोकामा

लगानी खबर, काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले बाेन्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ ।

बैंकले ९ प्रतिशत व्याजदरमा  १० वर्ष अवधिकाे लागि "९% १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७" नाममा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बाेन्ड निष्कासन गर्न निवेदन पेश गरेकाे हाे ।

कुल १५ लाख कित्ता बाेन्डमध्ये ६ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी ९ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे बाेन्ड सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

6049c78964143.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।