Like us!
Follow us!

साना किसान लघुवित्तको अवितरित हकप्रद लिलामीमा

साना किसान लघुवित्तको अवितरित हकप्रद लिलामीमा

लगानी खबर, काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ  । 

संस्थाले १२ हजार ४४२ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राखेको हो ।  जसमध्ये सेयर संस्थापक सेयरतर्फ ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहतर्फ ९ हजार ७४ कित्ता रहेको छ  ।

संस्थाले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा बिक्री नभएको सेयर  लिलामीमा राखेको हो   ।
लगानीकर्ताहरुले उक्त सेयरमा भोलि (फागुन २८ गते) देखि चैत १३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन्  । 

लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड तथा साना किसान लघुवित्तका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबासबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6049b3af1185d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।