लगानी खबर, काठमाडौं - रिलायन्स स्पिनिङ्ग मिल्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झाैतापत्रमा हिजाे रिलायन्स स्पिनिङ्ग मिल्सको कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रममा सञ्चालक शशिकान्त अग्रवाल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले बुक बिल्डिङ्ग विधिमार्फत १४ लाख ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेकाे हाे । जसमध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।