Like us!
Follow us!

आईपीओमा ऐतिहासिक रेकर्ड कायम : ज्योति लाइफको आईपीओमा १८ लाख ४ हजारले दिए आवेदन

आईपीओमा ऐतिहासिक रेकर्ड कायम : ज्योति लाइफको आईपीओमा १८ लाख ४ हजारले दिए आवेदन

लगानी खबर, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) ले रेकर्ड ब्रेक गरेकाे छ । कम्पनीकाे आईपीओमा हालसम्म कै उच्च आवेदन परेकाे छ ।

अन्तिम दिन बुधबार साँझ ५ बजे सम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६ सय ४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासनमा गरिएको ५९ लाख ४० हजार कित्ताको ६.४ गुणा बढी हो ।

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि आज (फागुन २६ गते, बुधबार) सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।