Like us!
Follow us!

हकप्रद ल्याउन अरुण भ्यालीले तोक्यो बुक क्लोज मिति

हकप्रद ल्याउन अरुण भ्यालीले तोक्यो बुक क्लोज मिति

लगानी खबर, काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

कम्पनीकाे आज (फागुन २६ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर १ को अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डबाट फागुन २५ गते, मंगलबार अनुमति पाएको छ ।  

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60489d7a25265.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।