लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो ।
बुधबार सर्वाधिक नाफा कमाउनेमा चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताहरू रहेका छन् । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रूपैयाँ पुगेकाे छ । यस्तै, आज सर्वाधिक नाफा आर्जन गर्ने १० कम्पनीहरूमध्ये अधिकांश हाइड्राे रहेका छन् ।
बुधबार चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, बाेटलर्स नेपाल (तराइ) लिमिटेड, माउन्टेन हाइड्राे नेपाल लिमिटेड, सानिमा माइ हाइड्राेपावर कम्पनी लिमिटेड र छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।