Like us!
Follow us!

तिनाउ मिसनले पठायाे बोनस

तिनाउ मिसनले पठायाे बोनस

लगानी खबर, काठमाडौँ - तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

बैंककाे माघ १५ गते, सम्पन्न भएकाे १४औँ वार्षिक साधारण सभाले पारित गरेकाे ६ प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् मंसिर २२ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंककाे बाेनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भइसकेकाे छ ।

त्यसैगरी, मंसिर २२ गतेपछि कायम भएका शेयधनीहरूले भने बोनस सेयर पाउनका लागि सर्वप्रथम कर तिर्नुपर्नेछ । कर तिर्नका लागि शेयधनीहरूले सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ००११७२३६७५३ मा रकम जम्मा गर्नुपर्नेछ । कर तिरेपश्चात् मात्र शेयरधनीहरूले बाेनस प्राप्त गर्न सक्नेछन् । 

बैंककाे शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60486e8f7db40.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।