Like us!
Follow us!

नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौं - नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ ।

बैंकले काेषकाे ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक हजार ५ सय २ रुपैयाँ ५० पैसा ताेकिएकाे छ । लगानीकर्ताले साे वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले सेयर खरिदका लागि बाेलकबाेल गर्दा न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि बाेलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरी, उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस सेयरमा विद्यमान संस्थापक वा इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूले चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604865ffc0b43.jpg 604866058758c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।