लगानी खबर, काठमाडौं - विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेका हुन् ।
१. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थाले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
२. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
३. सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड
कम्पनीले ९ कराेड रूपैयाँ बराबरकाे ९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २० गते, बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।