Like us!
Follow us!

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं - विभिन्न ५ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (फागुन २६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । नेपाल टेलिकम, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, सिर्जना फाइनान्स कम्पनी लिमिटेड, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन २६ गते, बुधबार) अन्तिम दिन हाे ।

१. नेपाल टेलिकम कम्पनी लिमिटेड

कम्पनीकाे फागुन १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा चैत्र १३ गते शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।  सभामा कम्पनीका सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  प्रतिसेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । भाेलि सार्वजनिक बिदा परेकाे हुनाले आज (फागुन २६ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. सिर्जना फाइनान्स कम्पनी लिमिटेड

फाइनान्सकाे २० औँ वार्षिक साधारण सभा चैत्र १४ गते विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थे) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले चैत्र १ गतेदेखि साधारण सभा प्रयोजनार्थ बुकक्लोज गर्नेछ । भाेलि फाल्गुन २७ गते सार्वजनिक बिदा परेको र २८ र २९ गते शुक्रबार र शनिबार सेयर बजारमा कारोबार बन्द हुने भएकाले  आज (फागुन २६ गते, बुधबार) सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे आठौँ वार्षिक साधारण सभा चैत्र १८ गते, बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्नेछ । संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत्र १ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । भाेलि फाल्गुन २७ गते सार्वजनिक बिदा परेको र २८ र २९ गते शुक्रबार र शनिबार सेयर बजारमा कारोबार बन्द हुने भएकाले  आज (फागुन २६ गते, बुधबार) सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे फागुन १७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभा .चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज (फागुन २६ गते, बुधबार) सम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे चौँथो वार्षिक साधारण सभा चैत्र १४ गते, शनिबार बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा बिहान ११ बजे सुरु हुनेछ । सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षका लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आज (फागुन २६ गते, बुधबार) सम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।