Like us!
Follow us!

एनआईसी एशिया बैंकको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

एनआईसी एशिया बैंकको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले फागुन १७ गते, साेमबारबाट फागुन २३ गते, आइतबारसम्म बिक्री खुल्ला गरेकाे नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा परेका बाेलपत्रहरू आज (फागुन २६ गते,बुधबार) खाेलिने भएकाे छ । 

उक्त बाेलपत्रहरू अहिले बिहान ९:३० बजे एनआईसी एशिया क्यापिटल लिमिटेडकाे कार्यालय, बबरमहल, काठमाडाैँमा खाेलिनेछ ।

बैंकले  आफ्नाे स्वामित्वमा रहेकाे नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २५ हजार कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ४९२ रूपैयाँ ताेकिएकाे थियाे ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604832ad002bd.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।