Like us!
Follow us!

शिखर इन्स्योरेन्सको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

शिखर इन्स्योरेन्सको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे २७.७६९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ५२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य २ हजार ६ सय २२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे फागुन १४ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभा चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

कम्पनीले सभाबाट हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कामय हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेकाे हाे ।

यसका साथै, सभामा कम्पनीकाे  पुस २० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९  प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले गत आर्थिक वर्षकाे असार मसान्तसम्म कायम चुक्ता पूँजीकाे ३६.१ प्रतिशत बाेनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । तर, यस आर्थिक वर्षमा इन्स्याेरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातकाे चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएकाे हाे।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।