Like us!
Follow us!

कुमारी इक्विटी फन्डमा पर्याे माग भन्दा धेरै आवेदन, आजदेखि बिक्री बन्द

कुमारी इक्विटी फन्डमा पर्याे माग भन्दा धेरै आवेदन, आजदेखि बिक्री बन्द

लगानी खबर, काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले फागुन १४ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे "कुमारी इक्विटी फन्ड" नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज (फागुन २५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । यसअघि फागुन २८ गतेसम्म आवेदन दिन सकिने भनिएकाेमा माग भन्दा धेरै आवेदन परेकाे हुनाले आज बन्द गर्न लागिएकाे हाे ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेकाे हाे । यो दशवर्षे बन्दमुखी योजना हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । 

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6046e258f1014.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।