Like us!
Follow us!

कामना सेवाको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

कामना सेवाको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

लगानी खबर, काठमाडौँ -  कामना सेवा विकास बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

बैंककाे सञ्चालक समितिकाे निर्णय अनुसार बैंककाे ‘९% केएसबिबिएल डिबेन्चर २०८७’ नामक डिबेन्चर निष्कासन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरिएकाे हाे ।

अब बैंककाे डिबेन्चर काराेबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी राेक्का राख्ने लगायतका डिबेन्चरवालाहरूकाे लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6045f25c82ffb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।