Like us!
Follow us!

महिला लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

महिला लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

लगानी खबर, काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे महिला लघुवित्तको आइपिओले ओपनिङ्ग रेञ्ज कति पाउला ? महिला लघुवित्तकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ? जस्ता हुन् ।

त्यसैले, यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासाेकाे विषय बनेकाे महिला लघुवित्तको ओपनिङ्ग रेञ्जकाे  विषयमा कुरा गर्नेछाैँ । 

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ३१३ रूपैयाँ १६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९३९ रुपैयाँ ४८ पैसा हुन्छ ।

6039edf6ccbf3.jpg

हाल संस्थाकाे आईपीओ सूचिकरण प्रक्रियामा रहेकाे छ । शुक्रबारसम्ममा नेप्सेमा सूचिकृत गराएर अर्काे सातादेखि काराेबार सुरू गर्ने तयारी भइरहेकाे छ ।

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

कम्पनीको आईपीओमा १५ लाख ४० हजार ४८ जना आवेदकबाट २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन  परेको थियाे । गोलाप्रथाबाट गरिएकाे बाँडफाँडमा १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र सेयर हात पारेका थिए भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाकाे अर्थात् ९७.५ प्रतिशतको हात खाली भएकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।