लगानी खबर, काठमाडौं - नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारणसभा एकै पटक बोलाएको छ । कम्पनीको गत २० गते बसेको सञ्चालक समितिको बैठकले चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमडौं साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभा दिउँसो ३ बजे Virtual(Zoom App) मार्फत सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४/७५,०७५/७६ र ७६/७७ को वार्षिक आर्थिक विवरणको सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५,०७५/७६ र ७६/७७ को वार्षिक वित्तीय विवरण (वासलता, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसूचीहरु) स्वीकृत गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको पत्रबाट यस कम्पनीको आर्थिक वर्ष २०७५/७६ र ७६/७७ को लेखा परीक्षण गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन सम्बन्धमा लगायतका विषयमा छलफल गरिने छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्स्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।