Like us!
Follow us!

सिटिजन्स बैंकले गर्याे शेयरधनीहरुलाई लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

सिटिजन्स बैंकले गर्याे शेयरधनीहरुलाई लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले (साविक सहयोगी विकास बैंक लिमिटेड) काे लाभांश लिन बाँकी भएका  शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेकाे छ ।

बैंकले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्न लागेको हुनाले सहयोगी विकास बैंक लिमिटेडकाे विगत पाँच वर्ष भन्दा पुरानाे लाभांश संकलन गर्न अनुरोध गरेकाे हाे । 

शेयरधनीहरुले आगामी ३५ दिनभित्रमा बैंककाे शेयर रजिष्टार सिबिआईएल क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश संकलन गर्न सक्नेछन् । 

त्यसैगरी, ३५ दिनभित्रमा पनि लाभांश संकलन नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुनेछ । त्यसैले, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604495b3f3212.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।