Like us!
Follow us!

मिर्मिरे र नागबेली लघुवित्तलाई एकिकृत कारोबार गर्न मिल्यो साइत !

मिर्मिरे र नागबेली लघुवित्तलाई एकिकृत कारोबार गर्न मिल्यो साइत !

लगाानीखब, काठमाडौं– मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले भाद्र ७ गते आइतबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई श्रावण २५ गते अन्तिम स्वीकृती प्रदान गरिसकेको छ । 

दुवै कम्पनीको गत असार २० गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, मर्जर पश्चात अब मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार  हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।