ज्योति लाईफको आईपीओमा लगानीकर्ताको ओइरो : यस्तो छ पछिल्लो अपडेट
लगानीखबर
आइतबार, २३ फागुन २०७७, ११ : १६
मा प्रकाशित
लगानी खबर, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) मा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।
आइतबार बिहानसम्ममा ९ लाख ८२ हजार ६ सय ७७ जना लगानीकर्ताले २ कराेड १२ लाख ४४ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड जनाएको छ । याे सर्वसाधारणको लागि माग गरिएकाे ५९ लाख ४० हजार कित्ता भन्दा धेरै हाे ।
कम्पनीले हिजाे फागुन २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे छ ।
काे हाे बिक्री प्रबन्धक ?
उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
कति दिने आवेदन ?
आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विस्तृत विवरण थाहा पाउन तलकाे भिडियाे हेर्नुहाेला :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।