Like us!
Follow us!

नेपाल हाइड्रोले गर्यो लाभांश घोषणा, बोनस कति ?

नेपाल हाइड्रोले गर्यो लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौं - नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ ।  साथै, संचालक समितिको २०७५ पुस ९ गते बसेको बैठकबाट आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको तर कारण  सभा हुन नसकेको र सो को लागि सेयर दाखिला बन्द समेत नभएकाले उक्त ४ प्रतिशत बोनस सेयर समावेश रहने गरी माथि उल्लेखित २०७६/७७ सम्मको संचित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

6044627a66881.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।