लगानी खबर, काठमाडौँ - प्रभु बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।
बैंककाे पाैष २६ गते, सम्पन्न भएकाे १९औँ वार्षिक साधारण सभाले पारित गरेकाे १० प्रतिशत बोनस शेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् पाैष १० गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंककाे बाेनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भइसकेकाे छ ।
त्यसैगरी, बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
बैंककाे शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।