Like us!
Follow us!

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

लगानी खबर, काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिजाे (फागुन २१ गते, शुक्रबार) देखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर  (आइपिओ) मा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे छ ।

पहिलाे दिन शुक्रबार साँझ ६ बजेसम्ममा २ लाख ८८ हजार ५५५ जना लगानीकर्ताले ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन दिएका छन् । याे सर्वसाधारणको लागि माग गरिएकाे ५९ लाख ४० हजार कित्ता भन्दा धेरै हाे ।

कम्पनीले हिजाे फागुन २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे छ ।

काे हाे बिक्री प्रबन्धक ?

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विस्तृत विवरण थाहा पाउन तलकाे भिडियाे हेर्नुहाेला :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।