Like us!
Follow us!

नेप्सेमा १ करोड ८२ लाख कित्ता भन्दा बढी सेयर सूचिकृत

नेप्सेमा १ करोड ८२ लाख कित्ता भन्दा बढी सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता ४ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा ४ कम्पनीको एक करोड ८२ लाख ४९ कित्ता भन्दा बढी सेयर थपिएको हो । स्टकका अनुसार यो साता मञ्जुश्री फाइनान्स, नेपाल एसबिआई बैंक, तिनाउँ मिसन डेभलपमेण्ट बैंक र प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

कुन कम्पनीको कति ? 
मञ्जुश्री फाइनान्स

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मञ्जुश्री फाइनान्सको १४ लाख ७२ हजार ६३६.२७४६ कित्ता बोनस शेयर सोमवार सूचीकृत गरिएको  हो । कम्पनीको संचालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सोहि सेयर नेप्सेमा सूचिकृत भएको हो । 

नेपाल एसबिआई बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नेपाल एसबिआई बैंकको ६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंककोे उक्त बोनस सेयर वापतको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता सेयर सूचीकृत भएको हो ।   

तिनाउँ मिसन डेभलपमेण्ट बैंक
यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार तिनाउँ मिसन डेभलपमेण्ट बैंकको १० लाख ८७ हजार ८७६.३२०५ कित्ता सेयर सूचीकृत भएको हो । संचालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सोहि सेयर नेप्सेमा सूचिकृत भएको हो ।  

प्रभु बैंक 
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकले बुधवार उक्त बोनस सेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता शेयर सूचीकृत गराएको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।