Like us!
Follow us!

सिटिजन्स बैंकका ग्राहकहरुलाई एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरुलाई एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्रा.ली.बानेश्वरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथाप्रिभिलेज कार्डवाहक ग्राहकहरुले एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्रा.ली.मा सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।