Like us!
Follow us!

अनलाइन प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै, कुन ब्रोकरमा लगानीकर्ताको धेरै आकर्षण ?

अनलाइन प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै, कुन ब्रोकरमा लगानीकर्ताको धेरै आकर्षण ?

लगानी खबर, काठमाडौँ - नेपालमा अनलाइन शेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या ४ लाख ४५ हजार ३ सय ५३ जना पुगेको छ । जसमध्ये, सक्रिय अनलाइन प्रयोगकर्ताकाे संख्या २ लाख २२ हजार ५ सय ६९ जना रहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रकाशन गरेकाे विवरण अनुसार फागुन २० गते, बिहीबारसम्म ब्रोकर खाता खोल्नेको संख्या ५ लाख ९४ हजार ८ सय ७९ जना पुगेकाे छ ।

उक्त तथ्यांकमा उल्लेख भए अनुसार अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ५८ रहेको छ । नासाले हालसम्म ४१ हजार ९ सय २ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ ।

तलकाे तथ्यांकमा हेर्नुस् कुन ब्रोकरमा लगानीकर्ताको धेरै आकर्षण :

6041edf696e92.jpg 6041ee07043e8.jpg 6041ee12adc7f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।