Like us!
Follow us!

महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकको फागुन २० गते बसेको संच्जलक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत्र १३ गते शुक्रबार महालक्ष्मी विकास बैंकको रजिष्टार्ड कार्यालय दरबार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) गारी कुल ९.२६ प्रतिशत लाभांश पारित गर्नेछ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गर्नेछ ।

सोही सभाले सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। हाल बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५२.४९ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४७.५१ प्रतिशत रहेको छ। 
त्यस्तै, संस्थाले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्र  लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

6041dc4dd0972.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।