Like us!
Follow us!

रुरु जलविद्युतको आईपीओमा आवेदन दिने अन्तिम मौका आज

रुरु जलविद्युतको आईपीओमा आवेदन दिने अन्तिम मौका आज

लगानी काठमाडाैँ - रुरु जलविद्युत् परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि फागुन ७ गतेबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन बिक्री खुल्ला गरेकाे हाे । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे आईपीओ निष्कासन बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ। 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6041c053ccef8.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।