Like us!
Follow us!

अब घरबाट नै एनआइसी एशिया बैंकको ऋणका लागि आवेदन दिन सकिने

अब घरबाट नै एनआइसी एशिया बैंकको ऋणका लागि आवेदन दिन सकिने

लगाानीखबर, काठमाडौं– बैंक ऋण लिन चाहने ग्राहकले खल्ती डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् । 

एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत वार्षिक व्याजदरमा ४८ घण्टामै कर्जाको निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ । 

ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो वर्ष व्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता छन् ।  

खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्नेछन् । 

खल्तीले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहकको आवेदन संकलन गर्ने मात्रै काम गर्ने छ । 

संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी एशिया बैंकमा पठाइदिने छ । 

खल्तीसँगको सहकार्यले अब ऋण चाहिने ग्राहले बैंकका शाखा कार्यालयहरूमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको एनआइसी एशिया बैंकले जनाएको छ । 

ग्राहकले खल्ती मार्फत ऋणको लागि आवेदन गरेपछि बैंकले आफैं थप प्रकृयाका लागि ग्राहकसँग सम्पर्क गर्नेछ । 

यसले गर्दा  बैंकको पहुँच विस्तार भएको र ग्राहकले पनि घरमै बसेर ऋण लिन सक्ने बैंकले जानकारी दिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।