Like us!
Follow us!

र्सिजना फाइनान्सले डाक्यो बार्षिक साधारण सभा,बुकक्लोज कहिले ?

र्सिजना फाइनान्सले डाक्यो बार्षिक साधारण सभा,बुकक्लोज कहिले ?

सिर्जना फाइनान्स कम्पनी लिमिटेडले २० औँ वार्षिक साधारणसभो डाकेको छ । 

हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १४ गते विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा  आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थे) समेत पारित गर्ने ।

सोही सभाबाट कम्पनीको सेयर पुँजीको हालको संरचनालाई परिवर्तन गरी संस्थापकतर्फ ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४८ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। 

कम्पनीले चैत्र १ गते देखि साधारण सभा प्रयोजनार्थ बुकक्लोज गर्ने जनाएको छ । फाल्गुन २७ गते सार्वजनिक बिदा परेको र २८ र २९ गते शुक्रबार र सनिबार सेयर बजारमा कारोबार बन्द हुने भएकाले फाल्गुन २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।