Like us!
Follow us!

रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस कति?

रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस कति?

लगानी खबर, काठमाडौं – रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे फागुन २० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6041b5eb63b6a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।