लगानी खबर, काठमाडौं - केही दिनबाट राताम्मै भइरहेको सेयर बजारमा साताको अन्तिम दिन आज (बिहीबार) भने हरियाली फर्किएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेको छ । नेप्से ३.७५ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढेर ४५१४६ मा पुगेको छ ।
बढेको बजामा आज चन्द्रगिरि हिल्स लिमिटेड, लिवर्टी ईनर्जी कम्पनी लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेरुडे लघुवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधीक नाफा कमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।