लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा चमक देखा परेकाे छ । सरकार र नेकपा विप्लव समुहबीचको वार्ता सफल भएसँगै सेयर बजारमा पनि हरियाली फर्किएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेकाे छ । नेप्से ३.७५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढेर ४५१.४६ मा पुगेको छ ।
कूल २०६ वटा कम्पनीकाे एक कराेड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३ सय १७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर हरियाली भएकाे छ ।
त्यसैगरी, बिहीबार काराेबारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अब्बल रहँदा ६ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।