Like us!
Follow us!

नागरिक लगानी कोषको नबिकेको हकप्रद शुक्रबारबाट लिलामीमा आउँदै

नागरिक लगानी कोषको नबिकेको हकप्रद शुक्रबारबाट लिलामीमा आउँदै

लगानी खबर, काठमाडौं – नागरिक लगानी कोषले भाेलि फागुन २१ गते, शुक्रबारबाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले भाेलि फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी काेष, नयाँ बानेश्वर, काठमाडाैँ तथा शाखा कार्यालयहरू माेरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604084f79efab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।