Like us!
Follow us!

छिमेक लघुवित्तले गर्यो शेयरधनीहरुलाई लाभांश लिन अनुरोध, कसरी लिने ?

छिमेक लघुवित्तले गर्यो शेयरधनीहरुलाई लाभांश लिन अनुरोध, कसरी लिने ?

लगानीखबर, काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न साधारण सभाहरूबाट पारित गरिएको ५ वर्षभन्दा पुरानो लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेको छ ।

शेयरधनीहरुले यस सूचना प्रकाशन भएको मितिले एक महिना भित्र संस्थाको शेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेडमार्फत लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् । 

त्यसैगरी, सूचना प्रकाशन भएको मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वतस् लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । 

त्यसैले, संस्थाले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।