लगानी खबर, काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले फागुन ६ गते, बिहीबारबाट बिक्री खुल्ला गरेकाे ३ वटा कम्पनीकाे लिलामी सेयरमा आवेदन दिने आज (माघ ४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले आफ्नाे स्वामित्वमा रहेकाे आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ५ हजार ७ सय ७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडकाे २५ हजार २ सय कित्ता र युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ९५ हजार ६ सय ४९ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
कुनकाे मूल्य कति ?
१. आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेड = ४९८
२. ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड = ४००
३. युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड = २९८
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।